२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

लिग्जा कलेजको अध्यक्षमा गोपाल पाण्डे सर्वसम्मत

बुधवार , फाल्गुण १०, २०७९

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • सियारी । रुपन्देहीको सियारी गाउँपालिका -४ छपियामा रहेकाे लिलाधर घिमिरे छपिया जनता कलेजको अध्यक्षमा गाेपाल पाण्डे निर्वाचित भएका छन् । 
     
    कलेजकाे आठौं साधारण सभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको अध्यक्षतामा सर्वसम्मत रुपमा कलेज संचालक समिति चयन भएकाे छ । 
    कलेजको उपाध्यक्षमा बुद्दिराम बन्जाडे ,कोषाध्यक्षमा हरि बहादुर थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
     
    कलेजको पदेन सदस्य गाउँपालिका अध्यक्ष थानेस्वर घिमिरे निर्हुवाचित भएका छन भने सदस्यहरुमा चन्द्रकान्त शर्मा, राजकुमार घिमिरे, लेखनाथ भुसाल, मधुसूदन मरासिनी, बिशम्भर यादव, ज्ञानदेबी थापा, कोपिला अधिकारी, कुशहर यादव सर्वसम्मत चयन भएका छन्हु ।
     
    कलेजको प्राध्यापक प्रतिनिधि पदेन सदस्य, त्रिवि प्रतिनिधि पदेन सदस्य र कलेजका प्रमुख सदस्य सचीव पदेन रहने व्यवस्था छ । त्यसै गरि आन्तरिक लेखा परिक्षण समितिको संयोजकमा नन्दलाल यादव तथा सदस्यहरुमा रामजित यादव, शिव भण्डारी सर्वसम्मत निर्वाचित भएका छन्।
     
    त्यसै गरी प्रमुख सल्लाहकारमा कृष्ण प्रसाद भुसाल, सल्लाहकारहरुमा बिस्णु घिमिरे र होमबहादुर देवकोटा सर्वसम्मत चयन भएका छन्हु ।