२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

देशको राजनीतिक प्रणाली, शासकीय स्वरुप र संरचनामा पुनर्विचार आवश्यक : कमल थापा

बुधवार , फाल्गुण १०, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • रुपन्देही, १० फागुन ।
    पूर्व उपप्रधानमन्त्री तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले देशमा अवलम्बन भएको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पूर्वविचार र विकल्पको बहस गर्नुपर्ने बताएका छन् । 

    रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुधबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै थापाले २०६३ सालको जनआन्दोलन र त्यसपछि भएका हरेक गतिविधिले देशमा शान्ति एवं समृद्धिको अनुभव नभएकोले पुनर्विचार र विकल्पको बारेमा बहस गर्नुपर्ने बताएका हुन् । 

    राजतन्त्र फाल्नको लागि भएको आन्दोलन १८ वर्ष पुग्दा समेत जनताले अमनचयन शान्ति र समृद्धि नपाएको बताउँदै अहिले देशमा भइरहेको राजनीतिक प्रणाली, शासकीय स्वरुप र राष्ट्रिय संरचनाको विषयमा पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । 

    उनले निर्वाचन हुनुभन्दा पहिलाको गठबन्धनलाई जनताले म्याण्डेट दिएको भए पनि त्यो गठबन्धन चुनाव लगत्तै भत्किएर सत्ता स्वार्थमा नयाँ गठबन्धन बनेको बताउँदै देशमा फोहर राजनीतिक खेल चलेको बताए । उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धन पनि अस्वभाविक र अपवित्र भएको बताउँदै उनले नेकपा एमाले नेतृत्वको गठबन्धनमा दुईतर्फ विचार फर्केका दलहरू भएकोले यो गठबन्धन पनि अस्वभाविक र अपवित्र नै रहेको दावी गरे । 

    उनले भने, ‘अहिलेको गठबन्धनमा राजा फाल्ने, राजा ल्याउँछु भन्ने, संघीयता चाहिदैन भन्ने, संघीयता चाहिन्छ भन्ने र हिन्दु धर्म र धर्मनिरपेक्षताका एजेण्डा बोक्ने एकैठाउँमा बसेका छन् । यो गठबन्धन झन अपवित्र छ । ’ यसले मुलुकलाई दुर्घटनातर्फ धकलेको उनको जिकिर छ । 

    अध्यक्ष थापाले देशको अर्थतन्त्र निकै कमजोर बन्दै गइरहेको, तरलता अभाव तथा महंगी दैनिक बढे पनि सरकार सत्ता टिकाउनमा व्यस्त रहेको बताउँदै उनले देश अहिले रेमिटेन्सको भरमा मात्रै चलेको बताए । उनले राजनीतिक दलहरूको अस्थिरताको कारणले देशको एकता र संविधान नै धरापमा परेको उल्लेख गरे । 
    पूर्व उपप्रधानमन्त्री थापाले अबको राष्ट्रपति हुने व्यक्तिले राजनीतिक स्वार्थ अनुसारका कामहरू गर्न नहुने बताउँदै राष्ट्रपतिले स्वार्थ देखाएकोले दलहरूबीच खिचातानी बढेको बताए । 

    देशमा विदेशी चलखेल बढ्नुमा दलहरु स्वंय दोषी भएको बताउँदै अध्यक्ष थापाले मुलुकको स्वाभिमानमा सचेत रहन दलहरुलाइ सुभाव दिए । 
    राजतन्त्र पुर्नस्थापनाको विषयमा पत्रकारको जिज्ञासाबारे बोल्दै अध्यक्ष थापाले अहिले राजतन्त्र र राजनीतिक दलहरूका बीचमा आशंका र अविश्वासको खाडल रहेको बताए । उनले प्रजातन्त्र दिवसका दिनमा पूर्वराजाले दिएको सन्देशमा राजनीतिक दलहरूसंग समन्वय गर्ने भने पनि यसको लागि निकै ढिलो भएको बताए । उनले पूर्वराजाले दिएको अभिव्यक्ति दोहोरो प्रकृतिको देखिएको बताउँदै दलहरुसँगको सहकार्य सकारात्मक रहेको र मौन बस्दिन भन्ने कुराले द्वन्द्व सिर्जना गर्नेतर्फ संकेत गरेको बताए । 

    दुर्गा प्रसाईँ राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा हिँडेको प्रश्नमा बोल्दै थापाले हिन्दु राष्ट्रको पक्षमा आफूहरु पनि रहेको बताउँदै हिन्दु राष्ट्रको विषयमा आवाज उठाउने व्यक्तिलाई नैतिक समर्थन गर्ने बताए । उनले यो पटकको निर्वाचनमा जनताले पार्टी बनाउन आग्रह गरेको बताउँदै ७७ वटै जिल्लामा संगठन विस्तारको कामहरू भइरहेको बताए । कार्यक्रम रिपोटर्स क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।