२०८३, बैशाख २९ गते

May 12 2026 | २०८३, बैशाख २९ गते

सांसद चौधरीको निलम्बन फुकुवा, अब निर्बाध रुपमा बैठकमा भाग लिन पाउने

बुधवार , फाल्गुण १०, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १० फागुन ।रेशमलाल चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीका सांसदअरुण चौधरीको निलम्बन फुकुवा भएको छ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले गृह मन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएसँगै सांसद चौधरीको निलम्बन फुकुवा भएको हो ।निलम्बन फुकुवा भएसँगै सांसद चौधरी अब निर्वाध रुपमा प्रतिनिधिसभाको बैठकमा सहभागी हुन पाउने छन् । 

    झन्डै ५ बर्ष अघि टयाक्टर जलाएको आरोपमा कैद सजाय सुनाइएका चौधरी गत १९ माघमा पक्राउ परेका थिए । तर,  फैसला कार्यान्वयनका लागि जेल परेका चौधरीलाई गत साता  पुष्पकमल दाहालकाे सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाए पछि ७ फागुनमा रिहा भएका थिए ।