
बुधवार , फाल्गुण १०, २०७९
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार गठन भएका बेला भएको सहमति अनुसार राष्ट्रपतिमा एमालेका उम्मेदवारले विजयी हासिल गर्ने दावी गरेका छन् । ।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पौडेलले सरकार गठन गर्दा गठबन्धन दलहरुबीच भएको सहमति अनुसार नै एमालेका तर्फबाट अघि सारिएको उम्मेदवारको जीत हुने दावी गरेका हुन् ।
सरकार गठनको पृष्ठभूमिमा भएको सहमति सवै दलले इमान्दारीका साथ पालना गर्ने उनको विश्वास छ । उनले एमालेबाट को उम्मेदवार हुने भन्दा पनि सहमति अनुसारको नजिता आउने बताए । पौडेलले पार्टीहरु तथा नेताहरुको सम्बन्धका बिषयमा तहमाथि हुनसक्ने भन्दै मुलुकको आवश्यकता अनुसार एकतावद्ध पनि हुने उल्लेख गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij