images
images

आइतवार, जेठ ६ गते २०८१

प्रदिप र अभिलाषालाई पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधि 

प्रदिप र अभिलाषालाई पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधि 

images
images
images
बुधवार, फाल्गुण १० २०७९
बुधवार, फाल्गुण १० २०७९
  • प्रदिप र अभिलाषालाई पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिताको उपाधि 

    बुटवल, १० फागुन ।
    बुटवलमा सम्पन्न प्रथम मेयर कप तथा पाँचौ राष्ट्रिय खुला लन टेनिस प्रतियोगिता–२०७९ को पुरुष÷महिला एकलतर्फको उपाधि प्रदिप खड्का र अभिलाषा विष्टले जितेका छन । बुधबार भएको पुरुषतर्फको फाईनल खेलमा बुटवलका रितिक रानालाई ६–३, ६–३, ६–२ को सेटमा जीत निकाल्दै प्रदिपले उपाधि चुमे । यता महिला सिगलको उपाधि अभिलाषा बिष्टले चुमिन । विष्टले माहिका रानालाई फाईनलमा ६–२, ६–० को सोझो सेटमा पराजित गर्दै उपाधि आफनो नाममा लेखाइन् । प्रतियोगिताको पुरुष/महिला सिंगलतर्फ उपाधि विजेताले नगद ६० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद ३० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ ।

    images
    images
    images

    त्यसै गरी ३५ वर्ष उमेर समूह पुरुष एकलको उपाधि सन्तोष खत्रीले चुमे । बुधबार भएको फाईनल खेलमा खत्रीले सिमान्त गुरुङलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते ।
    त्यसै गरी ५५ वर्ष उमेर पुरुष एकलको उपाधि विमल गुरुङ हात पारेका छन । फाईनलमा कमल थापालाई ६–३, ६–३ को सेटमा पराजित गर्दै गुरुङले उपाधि चुमे । 

    एक कार्यक्रमकाबीच फाईनल प्रतियोगिताका विजेता, उपविजेता खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, श्री २२ नं. बाहिनीका उपरथी नवराज गुरुङ, नेपाल टेनिस संघका निवर्तमान अध्यक्ष मनोज सम्सेर राणा, रुपन्देही लनटेनिस संघका अध्यक्ष गोपाल ज्ञवाली, उपाध्यक्ष डा. मनोज ढुंगाना, निवर्तमान अध्यक्ष संजय प्रकाश श्रेष्ठ, सल्लाहकार मनोज बस्नेत, संघका सचिव सब्बर मियाले पुरस्कार वितरण गरेका छन । 

     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij