images
images

आइतवार, जेठ ६ गते २०८१

रूपन्देही सुपर लिग : सैनामैना डिभिजन ‘ए’ मा

रूपन्देही सुपर लिग : सैनामैना डिभिजन ‘ए’ मा

images
images
images
बुधवार, फाल्गुण १० २०७९
बुधवार, फाल्गुण १० २०७९
  • रूपन्देही सुपर लिग : सैनामैना डिभिजन ‘ए’ मा

    भैरहवा १०, फागुन ।

    images
    images
    images

    भैरहवामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रक्रियोगितामा सैनामैना क्रिकेट क्लब डिभिजन ‘बी बाट ‘ए’मा प्रवेश गरेको छ । बुधबार भएको डिभिजन ‘बी’को खेलमा साई ग्लोबल एकेडेमीलाई ६ विकेटले पराजित गर्दै सैनामैना ‘ए’ डिभिजनमा प्रवेश गरेको हो ।

    सिद्धार्थ रंगशालामा टस जितेर ब्याटिङ रोजेको साई ग्लोबलले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रनको मध्ययम स्कोर बनायो । उसका लागि अभिजित ज्ञवालीले ५६, सुरज यादवले १६, ऋषि रानाले १२ र आषिश रोक्काले १० रन बनाए । बलिङमा सैनामैनाका करण विक र सन्जु बोहराले समान ३–३ तथा सुनिल पौडेल, अशोक विक र गणेश गौतमले समान १–१ विकेट लिए ।

    प्रतिउत्तरमा १ सय ५१ रनको सामान्य लक्ष्य पछ्याएको सैनामैनाले २३.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो र जित निकाल्यो । उसको जितमा सन्जु बोहराले नटआउट ४२, विशाल रानाले ३१, गणेश घिमिरेले २९ र करण विकले नटआउट १९ रनको योगदान दिए । बलिङमा साई ग्लोबलका राहुल थापाले २ तथा अनिल यादव र विवेक कोहाँरले १–१ विकेट लिए । सैनामैनाका सन्जु बोहरा म्यान अफ द म्याच भई एक हजार रुपैयाँबाट पुरस्कृत भएको आयोजक संस्था रुपन्देही क्रिकेट संघका उपाध्यक्ष एवं प्रतियोगिता संयोजक धिरज अधिकारीले बताए ।

    चैत्र ३ गतेसम्म चल्ने प्रतियोगितामा ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिमको सहभागिता छ । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफी तथा उपबिजेताले ५० हजार र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ द सिरिजले १५ हजार रुपैयाँ, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ तथा प्रत्येक खेलेको म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

    प्रतियोगिताको प्रमुख प्रायोजकमा नेपाल टेलिकम तथा संरक्षकमा सिद्धार्थनगर नगरपालिका छन् । प्रतियोगिता बिजेता पुरस्कार एभरेस्ट कत्था मिल तथा उपबिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका संस्थापक अध्यक्ष एवं विके ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेमकुमार सेन्चुरीले सौजन्य गरेका छन् ।

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij