२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राप्रपा कार्यसम्पादन समितिको बैठक अपरान्ह १२ः३० बजे

शुक्रवार , फाल्गुण १२, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • काठमाडौं, १२ फागुन । 
    सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न बैठक बोलाएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रीय कार्यसम्पादन समिति बैठक अपरान्ह १२ः३० बजेका लागि बोलाएका हुन् ।

    राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच भावी राष्ट्रपतिको विषयमा सहमति हुन नसकिरहेको बेला सोही सत्तारुढ गठबन्धनका एक घटक राप्रपाले बैठक बोलाएर ‘पोजिसन क्लियर’ गर्न खोजेको बुझिएको छ । 

    राप्रपाभित्र पनि कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने कि सत्ताको सहयोगी दल नेकपा एमालेलाई समर्थन गर्ने भन्नेमा दुई धार देखा परेपछि एकै धारणा बनाउनका लागि बैठक बोलाउन लागिएको राप्रपाका एक नेताले बताए । उनकाअनुसार सो पार्टीका नेता पशुपतिशमशेर राणा पक्षधर कांग्रेसका उम्मेदवारका पक्षमा उभिने संकेत पाएपछि अध्यक्ष लिङदेनले साझा धारणा बनाउनका लागि बैठक बोलाएको हुन् ।