images

आइतवार, बैशाख १६ गते २०८१

धनुषामा ९७ करोड बराबरको कम धान उत्पादन

धनुषामा ९७ करोड बराबरको कम धान उत्पादन

images
images
images
शुक्रवार, फाल्गुण १२ २०७९
शुक्रवार, फाल्गुण १२ २०७९
  • धनुषामा ९७ करोड बराबरको कम धान उत्पादन

    जनकपुरधाम, १२ फागुन । 
    उत्पादनको दृष्टिकोणले सबैभन्दा बढी उत्पादन हुने धनुषा जिल्लामा अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षमा ९७ करोड १९ लाख ८९ हजार २ सय मुल्य बराबरको ३२ हजार ७ सय ६० मेट्रिकटन कम धान उत्पादन भएको छ ।

    images

    कृषि ज्ञान धनुषाकाअनुसार चालु आर्थिक वर्ष साउनदेखि पुससम्मको तथ्यांक हेर्दा किसानहरुले बर्खे धान ४८ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा व्यवसायिक रुपमा धान खेती गरेकोमा १ लाख ४६ हजार २ सय ८० मेट्रिकटन धान उत्पादन गर्न सकेको छ । तर, त्यही किसानहरुले अघिल्लो वर्ष सोहीअवधिमा ५५ हजार ८ सय ६ हेकटर क्षेत्रफल धानखेती गरेकोमा १ लाख ७९ हजार मेट्रीक टन धान उत्पादन भएको थियो । जुन यस वर्ष भन्दा ५७ करोड १९ लाख ८९ हजार २ सय रुपैयाँभन्दा बढी अर्थात ३२ हजार ७ सय ६० मेट्रिक टन बढी धान उत्पादन देखिन्छ । 

    गत वर्ष यस वर्ष क्षेत्रफल घटाएर किसानहरु माछापालन सुरु गरेको, समयमा मल खाद्य नपाएको तथा सिँचाईको अभाव भएकोले यस वर्ष धनुषामा कम धान उत्पादन भएको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए । जिल्लामा ७ लाख किसानहरु व्यवसायिक रुपमा धान खेती खेती गरी आर्थिक लाभ लिँदै आएको छ । 

    जिल्लाको १८ पालिकामध्ये गणेशमान चारनाथ नगपालिका, मिथला नगरपालिका, बटेश्वरनाथ नगरपालिका र क्षेश्वरनाथ नगरपालिकाबाहेक १४ स्थानीय तहका किसानहरुले व्यवसायिक रुपमा धान गर्दै आएका छन् । 

    धान खेती गर्ने किसानहरुलाई सरकारले ५० प्रतिशत अनुदानमा स्यालो, टयूबेललगायतका कृषिऔजारहरु उपल्बध गराउँदै आएको छ । कृषि विभागले धनुषा जिल्लामा डिजिटल सर्वे गर्दा धेरै ठाउँका किसानहरु आफनो जग्गामा माछापोखरी खनेकाले धान खेती गर्ने क्षेत्रफलमा कमी आएको छ ।

    नेपाल सरकारले सोना मन्सुली धानको खेती गर्न लगाए पनि यो धानले उत्पादन बढी दिने र खाना खान स्वादिलो हुने भएकोले सरकारी प्रतिबन्धको उपेक्षा गर्दै किसानहरु अत्यधिक मात्रामा यो धान नै लगाउने गरेका छन् । यहाँका किसानले उत्पादन गरेको धानबाट वर्षभरी खाना नपुग्ने भएकाले भारतमाथिको परनिर्भरता बढ्दै गएको छ ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij