२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

माधव नेपालको नाममा सहमति खोज्न तीन दलले कांग्रेस र एमालेसँग छलफल गर्दै

शुक्रवार , फाल्गुण १२, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १२ फागुन । 
    नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई सहमतीय राष्ट्रपति प्रस्ताव गर्दैै नेपाली कांग्रेस र नेकपा एमालेसँग आज छलफल गर्ने भएका छन् ।
    हिजो साँझ बसेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालबीच भएको भद्र सहमति अनुसार भावी राष्ट्रपतिका लागि नेपालको नाममा सहमति खोज्न कांग्रेस र एमालेसँग छलफल गर्ने भएका हुन् ।

    माओवादी संसदीय दलको कार्यालयमा बसेको तीन दलको बैठकले नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको थियो, सोही सहमतिअनुसार अन्य दलसँग सहमति खोज्नका लागि छलफल हुन लागेको नेताहरुले बताएका छन ।

    ‘राष्ट्रपतिका लागि माओवादीले भन्दै आएको राष्ट्रिय सहमतिको पात्रका लागि माधव नेपालजी पनि एक पात्र हुनुहुन्छ । उहाँको नामलाई पनि सहमतिका लागि एउटा एजेन्डाका रूपमा अघि सार्ने बैठकमा छलफल भएको छ,’ माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘अन्य दलहरूसँग छलफलमा उहाँको नाम पनि एउटा एजेण्डाको रूपमा रहनेछ ।’ उनका अनुसार भावी नेपालको नाम प्रस्ताव गरेर कांग्रेस र एमालेसँग सहमति खोजिने भएको हो ।

    नेकपा एसको बुधवार बसेको सचिवालय बैठकले राष्ट्रपतिका लागि पार्टीको तर्फबाट उम्मेदवार दिने औपचारिक निर्णय गरिसकेको छ । नेकपा एसमात्रै यस्तो पार्टी हो, जसले भावी राष्ट्रपतिका लागि पहलकदमी गर्ने औपचारिक निर्णय गरेर बसेको छ । जसअनुसार नेकपा एसले आफनो पार्टी (माधव नेपाल) को नाममा सहमति खोज्नका लागि हिजो साँझ नेकपा माओवादी र जसपाबीच छलफल गरेको हो । सो छलफल सकारात्मक भए पछि कांग्रेस र एमालेसँग छलफल गर्न लागिएको हो ।