२०८२, भाद्र २ गते

Aug 18 2025 | २०८२, भाद्र २ गते

नदीजन्य पदार्थ उत्खननमा प्रयोग गरिएका १३ सवारीसाधन नियन्त्रणमा

शुक्रवार , फाल्गुण १२, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, १२ फागुन ।
    नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन गरिरहेको अवस्थामा रुपन्देही प्रहरीले १३ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।

    ९ ट्याक्टर, ३ वटा जेसीबी र एउटा टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । देवदह नगरपालिका, ओमसतिया, रोहिणी र शुद्धोधन गाउँपालिकाबाट बिहीबार नियन्त्रणमा लिइएका ती सवारीसाधनहरुलाई सम्बन्धित स्थानीय तहमा पठाइएकोमा २ लाख ६८ हजार रुपैयाँ जरिवाना बुझाएकाले छाडिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रण गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटबाट खटिएको टोलीले सवारीसाधनहरु फेला पारी नियन्त्रणमा लिएको हो ।