शनिवार , फाल्गुण १३, २०७९
काठमाडाैं, १३ फागुन । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा गराउन खोजिएको बताएका छन्।
मेयर शाहले शनिबार सामाजिक सञ्जालमार्फत आफूलाई राजीनामा गराउन खोजिएको बताएका हुन्। उनल यो देश कहिल्यै नबन्नेसमेत जनाएका छन ।
‘मेयरबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्। यो देश कहिले पनि बन्दैन,’ शाहले भनेका छन। तर, उनले कसले राजीनामा दिन लगाउन खोजेको हो त्याे भने केही खुलाएका छैनन् ।
अचानक देखा परेकाे मेयर शाहकाे याे स्टाटसले तरंग उत्पन्न गर्ने भएकाे छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij