
आइतवार , फाल्गुण १४, २०७९
भारत, १४ फागुन ।
भारतीय कांग्रेस आईकी नेतृ प्रियंका गान्धीलाई करिब २ किलोमीटटरसम्म गुलाबको फूलका सडक बनाएर सजाएर स्वागत गरिएको छ । वाड्रा पार्टीको तीनदिने ८५ औं अधिवेशनमा भाग लिन शनिबार छत्तीसगढको नयाँ रायपुर पुग्दा उनका समर्थकले २ किलोमिटरसम्म सडकमा गुलाब बिच्छयाएर स्वागत गरेका हुन् । उनीहरुका अनुसार गान्धीको स्वागतमा ६ हजार किलोभन्दा बढी गुलाबको फूल प्रयोग गरिएको थियो ।
प्रियंकाको स्वागतका लागि एयरपोर्ट अगाडिको सडकमा गुलाफको फूलको बाक्लो तह बिछ्याइएको थियो । गुलाब फूलले सजिएको सडकका दुबै छेउमा परम्परागत भेषभुषामा सजिएका लोक कलाकारहरुले पनि आफ्नो प्रस्तुति प्रस्तुत दिएका थिए ।
गान्धी मुख्यमन्त्री बघेलसँगको कारमा एयरपोर्टबाट निस्किएकी थिइन् । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेल, प्रदेश कांग्रेस प्रमुख मोहन मरकम र अन्य पार्टी नेताहरूले प्रियंका गान्धी वाड्रालाई स्वागत गरेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij