२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

सत्ता केन्द्रित फोहरी खेलले मुलुक अस्थिरतातर्फ : कमल थापा

आइतवार , फाल्गुण १४, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, १४ फागुन ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ता केन्द्रित फोहरी खेलका कारण मुलुक अस्थिरता तर्फ गएको बताएका छन् ।

    ‘चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बिचमै फेरि अर्को गठबन्धन ,यस्तो राजनितीले मुलुकलाई कता लैजान्छ ?’ भनी प्रश्न गर्दै  जनतामा बितृष्णा मात्र नभई दल र नेताहर प्रती घृणा उत्पन्न भएको समेत थापाले बताए । 

    काठमाडौंमा आज पार्टी सम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले विकल्पका रुपमा देखिएका राजनितीक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता बिरक्तिएको थापाको टिप्पणी थियो । 

    राप्रपा नेपाल प्रती सकारात्मक धारणाको बिकास भैरहेकोमा सन्तोष ब्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीहरुलाई आग्रह गरे । कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशबराज श्रेष्ठले जनबर्गिय संगठनको कृयाशिलता र भाबी कार्यक्रम बारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।