
आइतवार , फाल्गुण १४, २०७९
भैरहवा, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
राप्रपाका केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार प्रदेश सरकार गठनका लागि दिएको समर्थन फिर्ता लिइएको संसदीय दलका नेता आशिष कुमार चौधरीले बताए । फागुन १४ गते आइतबारदेखि लागू हुने गरी फिर्ता लिइएको चौधरीले जानकारी दिए ।
राप्रपाबाट प्रत्यक्षमा रुपन्देहीबाट आशिष कुमार चौधरी, कपिलवस्तुबाट जानकीप्रसाद यादव तथा समानुपातिकतर्फ बाँकेबाट मिनाकुमारी श्रेष्ठ र गुल्मीबाट मेनुका खांण ठकुरी गरी चारजना सांसद निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij