२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राप्रपाको युवा संगठनको संयोजकमा सुजित केसी 

आइतवार , फाल्गुण १४, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, १४ फागुन । 
    राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको केन्द्रिय संयोजकमा सुजित केसीलाई सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा फागुन १३ र १४ गते आयोजित संगठनको राष्ट्रिय भेलाले महाधिवेशन आयोजक समितिको केन्द्रिय संयोजकको रूपमा काठमाडौंका केसीलाई सर्वसम्मत चयन गरेको हो ।

    संगठनको महाधिवेशन सम्पन्न गर्ने गरी अधिवक्ता समेत रहेका केसीलाई नेतृत्वको रूपमा चयन गरिएको हो ।

    संगठनको केन्द्रिय पदाधिकारीमा रहेर केसीले ९ वर्ष काम गरिसकेका छन् । केसी राजनीति शास्त्र, कानुन तथा समाज शास्त्रमा स्नातकोत्तर अध्यनरत हुन् भने अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनैतिक विषयमा विधावारिधी अध्ययनरत छन् ।