
बुधवार , पौष १५, २०७७
बुटवल, १५ पुस ।
काठमाण्डौमा जारी छैटौ नेपाल जुनियर खुल्ला टेनिस प्रतियोगिता २०२० मा रुपन्देहीका ३ जना खेलाडीहरुले पदक हात पारेका छन । काठमाडौ सातदोबाटोस्थित लनटेनिस कोर्टमा भएको प्रतियोगितामा १० वर्ष उमेर समुहमा रुपन्देहीका वृजेश अर्यालले स्वर्ण पदक, निश्चल ज्ञवालीले आठ वर्षमुनी र संघर्ष फौदारले ९ वर्षमुनीको उमेर समुहमा कास्य पदक जितेका छन ।
एक समारोहकाबीच नेपाल लनटेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, जेटिआई नेपालका संयोजक कृष्णराज घलेले विजेता, उपविजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरेका थिए । प्रतियोगिता ८ देखि १४ उमेर समुहमा गरि ७ ईभेन्टमा खेल खेलाईएको संयोजक गौरीशंकर श्रेष्ठले बताए ।
पुस १२ गतेदेखि ४ दिनसम्म सञ्चालन भएको खेलमा काठमाण्डौ, पोखरा र रुपन्देहीका एक सय खेलाडीहरु भाग लिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij