
बुधवार , पौष १५, २०७७
भैरहवा, १५ पुस ।
गुड सेफर्ड इन्टरनेशनल फाउण्डेशनको आर्थिक सहयोग तथा शुभ अवसर ग्राम नेपालद्वारा संचालित अन्तर सिमा मानव बेचविखनविरुद्धको परियोजना अन्र्तगत सिमा नाकाबाट हुने मानव तस्करी रोकथामका बारेमा समन्वय बैठक सम्पन्न भएको छ ।
स्थानीय प्रहरी कार्यालय–मझगावा इलाका प्रहरी कार्यालय, लुम्विनी ईलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल लुम्बिनी, इलाका प्रहरी कार्यालय बेथरी, प्रहरी चौकी मुडियाली करौतामा कार्यरत प्रहरीहरुसंग मानव बेचविखन रोकथाम र खुला सिमाबाट हुन सक्ने जोखिम कम गर्न समन्वय बैठक बसि मानव बेचविखनविरुद्ध सहकार्य गरी काम गर्ने छलफल भएको छ ।
समन्वय बैठकमा सहभागीहरुलाई विषयवस्तु संस्थाको उद्देश्य, संस्थाको कामको बारेमा शुभ अवसर ग्राम नेपालका विकास देवकोटाले जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij