२०८३, बैशाख १७ गते

Apr 30 2026 | २०८३, बैशाख १७ गते

फर्जी खेलाडी विवादले अर्घाखाँचीमा रनिङ शिल्ड अनिश्चित

मंगलवार , फाल्गुण १६, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • अर्घाखाँची, १६ फागुन । अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिताअवरुद्ध भएकाे छ ।

    जारी प्रतियाेगितामा अन्य खेलहरु सम्पन्न भए पनि भलिबलमा केही स्थानीय तहहरूले फर्जी खेलाडि ल्याएकाे भन्दै विवाद बढेपछि खेल अनिश्चत बनेकाे हाे ।

    भूमिकास्थान नगरपालिकाले बढी उमेर समूहका खेलाडी सहभागी गराएकाे पाइएपछि फर्जी खेलाडी हटाएर खेल सन्चालन गर्ने सर्वपक्षीय सहमति भए पनि केही पालिकाहरुले खेल सन्चालन हुँदै गर्दा फेरि असहमति जनाएपछि खेल अनिश्चित भएकाे हाे ।

     सहमतिकाे प्रयास भइरहेकाे छ । आपसी सहमतिपछि अविलम्ब खेल सञ्चालन हुने आयाेजकले जानकारी दिएकाे छ ।