बुधवार , फाल्गुण १७, २०७९
काठमाडौं, १७ फागुन ।
नेकपा (माओवादी केन्द्र) ले नेकपा एमालेसँग गठबन्धन तोडेर नेपाली कांग्रेससँग बनाएको गठबन्धनले राष्ट्रपति निर्वाचनका लागि हुन लागेको अभिमुखीकरण भेलाको तयारी सुरु गरेको छ ।
आगामी १९ गते हुन लागेको अभिमुखीकरणका लागि कांग्रेसका सांसदहरुले सो प्रदेशवाट प्रतिनिधित्व गर्ने पदाधिकारीले नेतृत्व गर्ने गरी पदाधिकारीले बैठक टुंगाएको छ ।
सभापति देउवाको निवासमा बसेको पदाधिकारीको बैठकले १९ गते हुन लागेको सांसदहरुको अभिकरण भेलामा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा माहौल सिर्जना गर्नका लागि सांसदहरुलाई प्रशिक्षण दिइन गरी तयारी सुरु गरेको सह महामन्त्री बद्री पाण्डेले बैठकपछि भने । उनकाअनुसार सबै ७ प्रदेशमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij