२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

रेडक्रस धनचौरको सभापतिमा डिलाराम पाण्डे निर्वाचित

बुधवार , फाल्गुण १७, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • अर्घाखाँची, १७ फागुन ।
    नेपाल रेडक्रस सोसाइटी धनचौर उपशाखाको सभापतिमा डिलाराम पाण्डे निर्वाचित भएका छन् । मंगलबार धनचौरमा सम्पन्न संस्थाको १७ औं साधारणसभा तथा अधिवेशनले सभापति पाण्डेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत गठन गरेको हो । 

    अधिवेशनबाट गठित समितिको उप–सभापतिमा सरस्वता भट्टराई चयन भएका छन् । समितिको सचिवमा धर्मराज भट्टराई, सहसचीवमा भिमलाल भुसाल, कोषाध्यक्षमा इमानसिंह नेपाली र सह–कोषाध्यक्षमा यम बहादुर नेपाली सुधीर छनौट भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा विष्णुप्रसाद भट्टराई, विष्णुप्रसाद चुदाली, नमकला कुवर, देवकला बुढा र अभिलाषा भट्टराई चयन भएका छन् ।