
बिहिवार , पौष १६, २०७७
भैरहवा, १६ पुुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर लोटसले रुपन्देहीको रोहिणी गाउँपालिका–१ का विपन्न परिवारलाई कम्मल वितरण गरेको छ । जाडोयाममा विपन्न परिवारलाई केही भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले बिहीबार ४० जनालाई कम्मल वितरण गरिएको क्लबका वर्ष २०२०/२१ का अध्यक्ष दुर्गा आचार्यले बताइन् ।
कम्मल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि रोहिणी गाउँपालिका–१ का वडाअध्यक्ष अबिद अलि पठानले वडामै पुगेर क्लबले विपन्न परिवारलाई राहत वितरण गरेको भन्दै क्लबलाई धन्यवाद दिए । उनले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिन आग्रह गरे ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु, नेपालकी डिष्ट्रिक कोर्डिनेटर रुक्मा हिराचनले लायन्स क्लबले दिनदुःखीलाई सेवा र सहयोग गर्दै आएको बताइन् ।
क्लबकी संस्थापक अध्यक्ष तथा जोन चेयरपर्सन अनिता थापाले प्रत्येक वर्ष क्लबले जाडोयाममा कम्मल वितरण गर्दै आएको बताइन् ।
क्लबकी अध्यक्ष दुर्गा आचार्यको अध्यक्षता, कार्यक्रम संयोजक सुनैना के.सी.को स्वागत, सह–कोषाध्यक्ष सिर्जना जोशीको ध्वजा अभिवादन तथा सचिव पार्वती अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij