२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘काममा स्वतन्त्रता’ परियोजनाको वार्षिक समिक्षा

बिहिवार , पौष १६, २०७७

भैरहवा, १६ पुस । 
अन्तर्राष्ट्रिय श्रम संगठन (आएलओ)को सहयोगमा एबीसी नेपालद्वारा सञ्चालित ‘काममा स्वतन्त्रता’ परियोजनाको वार्षिक समिक्षा बैठक बिहीबार सम्पन्न भएको छ । परियोजनाको प्रगतिबारे जानकारी तथा समिक्षा गर्न तथा २०२१ कार्ययोजना बनाउन बैठक गरिएको एबीसी नेपाल भैरहवाका क्षेत्रीय प्रबन्धक मनोज लामिछानेले बताए ।

कार्यक्रममा बोल्दै नमुना एकीकृत विकास परिषद रुपन्देहीकी अध्यक्ष ज्ञानु पौड्यालले कोरोना भाइरसको संक्रमणका कारण समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्न नसकिएको बताइन् । उनले तालिम तालिमका लागि नभइ आत्मनिर्भर बन्ने बाटोतर्फ जानुपर्ने बताइन् । सिद्धार्थ सामुदायिक समाजकी अध्यक्ष समिता मल्लले एबीसी नेपालसंग समन्वय गर्दै अगाडी बढेको बताइन् । 
पत्रकार दीपक घिमिरेले नागरिकले सरकारबाट पाउनुपर्ने सेवासुविधाका बारेमा जानकारी लिइरहनुपर्ने बताए ।

एबीसी नेपाल क्षेत्रीय अध्यक्ष प्रतिभा देवकोटाको अध्यक्षता, मनोज लामिछानेको स्वागत तथा सञ्जित शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एबीसी नेपालका कार्यक्रम अधिकृत सुन्नर हरिजनले परियोजनाले गरेका कार्यक्रमहरुबारे प्रस्तुतीकरण गरेका थिए ।