२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

आगामी कार्यक्रमको खाका बनाउन राप्रपाद्वारा समिति गठन

बिहिवार , फाल्गुण १८, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • काठमाडौं, १८ फागु्न ।  
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को रणनीति, कार्यनीति र कार्यक्रमको खाका बनाउन वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा समिति गठन गरिएको छ । केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय निर्देशन समिति बैठकले २ महिनाभित्र पार्टीको रणनीति, कार्यनीति र कार्यक्रम खाका बनाई पेस गर्ने गरी तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    त्यस्तै आन्तरिक विवाद तथा निष्क्रिय रहेका जिल्लाहरुको समस्या समाधानबारे छानबीन गरी १५ दिनभित्र सुझाव पेश गर्ने गरी केन्द्रीय सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापालाई जिम्मेवारी दिने निर्णय गरिएको छ ।