२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

रोहिणी–३ मा निःशुल्क आँखा शिविर, ४ सय बढी लाभान्वित

शनिवार , फाल्गुण २०, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • भैरहवा, २० फागुन ।
    रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रोहिणी–३ वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । 

    स्थानीयबासीलाई आँखासम्बन्धी रोगको उपचार घरदैलोमै होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

    IMG_9818.JPG

    शिविरमा ४ सय जना बढीको आँखा परीक्षण भएको थियो । जसमध्ये १२० जनाको मोतीयाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर/श्री रण अम्बिका शाह आँखा अस्पतालमा पठाइएको अस्पतालका बाह्य कार्यक्रम संयोजक संजीब अधिकारीले जानकारी दिए । 

    आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिइने रोहिणी-३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले बताए ।