२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

भैरहवा बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनद्वारा होली मिलन

आइतवार , फाल्गुण २१, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • भैरहवा, २१ फागुन ।
    भैरहवा बहुमुखी क्याम्पसमा तीनवटा विद्यार्थी संगठनले संयुक्त रुपमा होली स्नेह मिलन कार्यक्रम गरेका छन् । विद्यार्थी जनमत संघ, स्वतन्त्र मधेशी विद्यार्थी युनियन र समाजवादी विद्यार्थी युनियनले आइतबार क्याम्पस परिसरमा होली मिलन कार्यक्रम गरेका हुन् ।

    रंगहरुको पर्व होलीको अवसरमा विद्यार्थीहरुबीच भाइचारा कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको मधेशी विद्यार्थी युनियन भैरहवा बहुमुखी क्याम्पस इकाईका अध्यक्ष अनुप द्विवेदीले बताए ।

    कार्यक्रममा विद्यार्थीहरुले एकआपसमा र शिक्षक तथा प्राध्यापकलाई अबिर लगाएर शुभकामना आदानप्रदान गरेका थिए ।

    कार्यक्रममा भैरहवा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख अनिल कुमार झा, मधेशी विद्यार्थी युनियनका अनुप द्विवेदी, समाजवादी विद्यार्थी युनियनका क्याम्पस इकाई अध्यक्ष विरेन्द्र कुमार यादव, जनमत विद्यार्थी संघका क्याम्पस इकाई अध्यक्ष हरिगोविन्द केवट, अशोक यादव, विरेन्द्र लोध, जसपाका युवा नेता विकास यादव, राहुल यादव लगायतको उपस्थिति रहेको थियो ।