२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

‘सुशासन र मानव अधिकारको संरक्षण गर्न सबैको प्रतिबद्धता आवश्यक’ 

आइतवार , फाल्गुण २१, २०७९

  • 2.1K
    Shares
  • 2.1K
    Shares
  • भैरहवा, २१ फागुन । 
    सुशासन र मानव अधिकारको संरक्षण गर्न सबैको प्रतिबद्धता आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीले आइतबार भैरहवामा गरेको मानव अधिकार प्रशिक्षण कार्यक्रममा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन् ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले मानव अधिकार र सुशासनको लागि सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए । मानिसको धन भन्दा ठुलो कुरा मानव अधिकार भएको नगरप्रमुख खानले बताए । 

    कार्यक्रमका प्रमुख प्रशिक्षक नेपाल मानव अधिकार संगठनका तालिम विभाग प्रमुख प्रा. डा. गोविन्द दाहालले मानव अधिकार उल्लंघनका घटना बढेको बताउँदै मानव अधिकार रक्षाका लागि सम्पूर्ण सरोकारवाला निकायहरु लाग्नुपर्ने बताए । 

    नेपाल मानब अधिकार संगठन रूपन्देहीका अध्यक्ष प्राध्यापक सुदर्शन नेपालको अध्यक्षता भएको कार्यक्रममा प्रशिक्षक अधिवक्ता नरेन्द्र खनाल, सशस्त्र प्रहरी बल नं. २७ सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दीपक कुमार थापा, प्रमुख सेनानी सुवाकर खड्का लगायतले मन्तव्य राखेका थिए । 

    नेपाल मानव अधिकार संगठन जिल्ला शाखा रुपन्देहीका सचिव पवन कुमार पौडेलको स्वागत तथा जिल्ला सदस्य राजेश जि.सी. को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।