२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

साहू तेली कल्याण सेवा समिति रुपन्देहीद्वारा होली मिलन

आइतवार , फाल्गुण २१, २०७९

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • भैरहवा, २१ फागुन ।

    साहू तेली कल्याण सेवा समिति रुपन्देहीले आइतबार भैरहवामा होली मिलन समारोह गरेको छ । समितिले सिद्धार्थनगर–६ स्थित पिपरहियामा कार्यक्रम गरेको हो । रंगहरुको पर्व होलीको अवसर पारेर कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष रामवचन गुप्ताले बताए ।

    कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्दकेश (सिके) गुप्ताले आफू साहू तेली कल्याण समितिको साथमा रहेको बताए ।

    WhatsApp Image 2023-03-05 at 9.05.42 PM.jpeg

    कार्यक्रममा साहू तेली कल्याण सेवा समिति रुपन्देहीका सल्लाहकार राजेन्द्र गुप्ता, समितिका सल्लाहकार तथा लुम्बिनी ईट्टा उद्योगी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ता, वरिष्ठ उपाध्यक्ष त्रिलोकी प्रसाद गुप्ता, पूर्णवासी गुप्ता, सचिव राम दयाल गुप्ता लगायतले होली पर्वको महत्वको बारेमा आ–आफ्ना भनाइ राखेका थिए ।

    समितिले आगामी दिनमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने कोषाध्यक्ष दुर्गा प्रकाश गुप्ताले बताए ।