images

आइतवार, बैशाख २३ गते २०८१

रोहिणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्सलाई

रोहिणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्सलाई

images
images
images
सोमवार, फाल्गुण २२ २०७९
सोमवार, फाल्गुण २२ २०७९
  • रोहिणी गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्सलाई

    भैरहवा, २२ फागुन ।
    रुपन्देहीको रोहिणी गाउँपालिकाको आयोजनामा भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूल, धकधईले जितेको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको उपाधि युनिक होम्सले जितेको हो ।

    images
    images
    images

    रोहिणी–३ स्वामीनगर, धकधईस्थित श्री राम नरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा फागुन १९ देखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न खेलमा ९ स्वर्ण, ४ रजत र ५ काश्य गरी कुल १८ पदक प्राप्त गर्दै युनिक होम्सले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको रुपन्देही जिल्ला खेलकुद विकास समितिका सदस्य तथा प्रमुख प्रशिक्षक कृष्ण शाक्यले बताए ।

    उनकाअनुसार छिपागढ माध्यमिक विद्यालयले ६ स्वर्ण, ३ रजत र १ काश्य गरी कुल १० पदक प्राप्त गरी द्वितीय भएको छ । त्यस्तै पजरकट्टी माध्यमिक विद्यालय ४ स्वर्ण, १ रजत र २ काश्य गरी कुल ७ पदक प्राप्त गरी तृतीय भएको छ ।

    त्यसै गरी अध्यक्ष कप भलिबल प्रतियोगितामा जनचेतना आधारभूत विद्यालय प्रथम र पजरकट्टी माध्यमिक विद्यालय द्वितीय भएको रोहिणी गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समिति सदस्य तथा गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेले बताए । 

    IMG_0281.JPG

    त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी युनिक होम्स इङलिस बोर्डिङ हाई स्कूलका देवनारायण घर्ती घोषित भएका छन् ।

    WhatsApp Image 2023-03-05 at 8.33.06 PM.jpeg

    समापन समारोहमा प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय भएका विद्यालयलाई रोहिणी गाउँपालिकाका अध्यक्ष एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका संयोजक विद्या प्रसाद यादवले शिल्ड (पुरस्कार) प्रदान गरेका थिए ।

    समारोहमा बोल्दै गाउँपालिका अध्यक्ष यादवले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकता दिएको बताए । उनले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित रुपमा सञ्चालन गर्ने बताए ।

    प्रतियोगिताअन्तर्गत भलिबल, एथलेटिक्स, कराँते लगायतका खेलकुद भएको थियो ।

    रोहिणी गाउँपालिकाका शिक्षा अधिकृत मधु प्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न प्रतियोगिताको समापन समारोहमा श्री रामनरेश यादव आदर्श नमूना माविका प्रधानाध्यापक एवं प्रतियोगिताका व्यवस्थापन तथा निर्देशन समितिका सदस्य सचिव राम सुरेश वर्मा, प्रशिक्षक, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, खेलाडी लगायतको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा प्रतियोगिताका प्रशिक्षकहरुलाई सम्मान–पत्र प्रदान गरिएको थियो ।

     

     

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij