२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

सियारीमा होलीको उल्लास, जनप्रतिनिधि र कर्मचारीबीच होली मिलन 

मंगलवार , फाल्गुण २३, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • भैरहवा, २३ फागुन । 
    रुपन्देहीको सियारी गाउँपालिकाले होली मिलन कार्यक्रम गरेको छ । पालिकाले नेपालीहरुको महान पर्व होलीलाई उल्लासमय तरिकाले मनाएको हो । 

    गाउँपालिका उपाध्यक्ष तारा थारु तथा प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेको संयोजनमा पालिकाका सम्पुर्ण कर्मचारीहरुको सहभागीतामा होली मिलन कार्यक्रम गरिएको हो । कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीबीच एकआपसमा टीका तथा अबिर लगाएर होली पर्व मनाएका थिए ।जनप्रतिनिधि र कर्मचारीबीच खुसी साटासाट गर्नका लागि कार्यालयमै होली मिलन कार्यक्रम गरिएको उपाध्यक्ष तारा थारुले जानकारी दिइन् । उनले यस्ता खालका कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीमा आपसी सद्भाव, समन्वय र सहकार्यमा थप टेवा पुर्याउने उल्लेख गरिन । 

    प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले होली मिलन कार्यक्रमले कर्मचारीमा थप उत्साह थपेको बताए । उनले यस्ता कार्यक्रमलाई आगामि दिनमा निरन्तरता दिने बताए ।

    1.JPG

     

    4.JPG
    5.JPG
    7.JPG
    8.JPG