images

शनिवार, बैशाख १५ गते २०८१

रामग्राम नगरको बिकासका लागि तल्लीन छौं : मेयर गुप्ता 

रामग्राम नगरको बिकासका लागि तल्लीन छौं : मेयर गुप्ता 

images
images
images
शुक्रवार, पौष १७ २०७७
शुक्रवार, पौष १७ २०७७
  • रामग्राम नगरको बिकासका लागि तल्लीन छौं : मेयर  गुप्ता 

    नरेन्द्रकुमार गुप्ता एक असल राजनीतिज्ञ। समाजसेवाको भावले राजनीतिमा लागेका उनी जनताको सेवामा पनि उत्तीकै तल्लीन छन्। बिद्यार्थी राजनीतिदेखि सरल स्वभावका साथ अगाडि बढेका उनी बिभिन्न चरण पार गर्दै अहिले रामग्राम नगरपालिकाको मेयर पदमा पुगेका छन्। २०३२ सालमा जन्मीएका गुप्ता १६ बर्षको हुँदा खेरी नै २०४८ सालबाट नेपाल बिद्यार्थी संघको बिद्यार्थी राजनीतिबाट अगाडि बढेको बताउछन्। २०५१ सालको आम निर्वाचनमा सक्रिय भएर काग्रेसको प्रचारप्रसारमा लागेका गुप्ता २०५६ सालको आम निर्वाचन, २०६४ र २०७० सालको संबिधान सभा निर्वाचनमा सक्रिय भएर काम गरेको बताउछन्। २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा रामग्राम नगरपालिकाको मेयर पदमा विजयी प्राप्ता गरेका गुप्ताले निर्वाचनका बेला जनतामाझ घोषणा गरेका कामहरु क्रमश गर्दै आएको बताए। रामग्राम नगरपालिकाले अहिलेसम्म गरेका कामका बिषयमा मेयर नरेन्द्रकुमार गुप्तासंग खबरपात्रोका सम्पादक दीपक घिमिरेले गरेको कुराकानीको सम्पादीत अशं। 

    images

    रामग्राम नगरपालिकाको बर्तमान अबस्था कस्तो छ। खास गरी कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहनु भएको छ?
    रामग्राम नगरपालिका २०५३ सालमा स्थापना भएको नगरपालिका हो। यो पश्चिम नवलपरासीमा रहेको छ। हामीले शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिका क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौं। हामी निर्वाचित भएर आएको ३ बर्ष पुरा गर्दै गर्दा हामीले जनताका माझमा गएर बोलेका र घोषणा पत्रमा उल्लेख भए बमोजिमका कामहरु क्रमश गर्दै आएका छांै। हामीले पुर्वाधार बिकासलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएका छौं। सदरमुकामसंग जोडिएको नगरपालिका भएर पनि यस नगरपालिकाका अधिकांश वडाका बाटोहरु कच्ची रहेको थियो। गाँउमा पुग्दा सडकको अबस्था निकै दयनिय थियो। अहिले नगरका प्राय सबै वडामा सडक संजाल जोडिएको छ। बिभिन्न स्थानमा पुल निर्माणको काम पनि भईरहेको छ। बसपार्क निर्माणको काम भईरहेको छ। बसपार्कको अभावमा गाडि पार्किङ अव्यवस्थीत बन्दै आएको थियो । बिभिन्न स्थानमा महिला सामुदायिक भवन निर्माणको काम भईरहेको छ। 

    घोषणापत्र अनुरुप काम अगाडि बढेको भन्नु भयो? त्यसो भए नागरिकले महसुष गर्ने गरी के काम भएको छ? 
    हामीले नागरिकलाई वाचा गरे अनुरुप काम गरेका छौं। बिकास निर्माण भनेको छोटो समयमा हुने कुरा होईन। यो प्रक्रिया हो। हामी बिकास निर्माणका कामलाई प्रक्रियागत रुपमा अगाडि बढाएका छौं। भौतिक पुर्वाधारका क्षेत्रमा हामीले काम गरिरहेका छौं। त्यसैगरी शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारमुुलक क्षेत्रमा पनि क्रमश काम गरिरहेका छांै। हामीले यो नगरपालिकामा शिक्षामा आमुल परिवर्तन गरेका छौं। यो नगरमा रहेका कुनै पनि सामुदायिक बिद्यालयको व्यवस्थापन समितिमा निर्वाचन हुदैन। सहमतिका आधारमा बिद्यालय व्यवस्थापन समितिको निार्वाचन हुने गर्दछ। यसले शिक्षमा ठुलो रुपान्त्रण ल्याएको छ। यर्थाथमा निःशुल्क शिक्षा प्रदान गरिरहेका छौं। यहाँ कुनै पनि बहानमा सामुदायिक बिद्यालयले शुल्क लिन पाउदैनन् र ल्याएका पनि छैनन्। यसले नगरको शिक्षाको क्षेत्रमा सकारात्मक परिवर्तन ल्याएकोछ। स्वास्थ्यका क्षेत्रमा पनि हामीले थुप्रै काम गरेका छौं। ८ वटा स्वास्थ्य केन्द्र र १० बटा आधारभुत स्वास्थ्य केन्द्र निर्माणाधिन अबस्थामा रहेका छन्। अन्य स्वास्थ्यका क्षेत्रमा त निरन्तर काम भईरहेको छ। 

    रामग्राम नगरपालिका भित्र रोजगारको अबस्था कस्तो रहेको छ? यहाँका युवा यवतिलाई स्वरोजगार बनाउनका लागि के कस्ता कार्यक्रम ल्याउनु भएको छ? 
    हामीले यस नगरका अधिक युवायुवतिलाई स्वरोजगार बनाउन चाहन्छौ। नागरिक स्वरोजगार भए भने नगरको बिकासमा समेत टेवा पुग्दछ। त्यसै कारणले गर्दा हामीले यस क्षेत्रका नागरिकलाई स्वरोजगार बनाउन तथा उद्योगी व्यवसायिलाई प्रोत्साहन गर्न वेलकम ईण्ड्रष्टिज कार्यक्रम लागु गरेका छौं। उद्योगी तथा व्यवसायिले लगानी तथा औद्योगिक वातावरण नभएको भन्ने गुनासो आईरहेका बेला हामीले उद्योगीलाई आकृषित गर्न तथा वेलकम ईण्ड्रष्टिज कार्यक्रम शुरु गरेका छौं। उद्योग स्थापनाका लागि नगरपालिका तहबाट हुने सेवालाई सहज रुपमा प्रदान गर्छौ। त्यहाँका समस्या समाधानका लागि हामीले हाम्रो तहबाट सकारात्मक पहल गर्छाै। यस नगरलाई आर्थिक र औद्योगिक हवको रुपमा बिकास गर्नका लागि हाम्रो पुरै ध्यान केन्द्रित हुनेछ। यस क्षेत्रमा झण्डै २५ वटा ठुलो उद्योग रहेका छन्। यी उद्योगमा २ सय बढीले रोजगारी पाएका छन्। त्यसमा पनि ५० प्रतिशत स्थानिय युवाहरुले रोजगारी पाएका छन्। हामीले यस क्षेत्रका उद्योगमा लेभर (कामदार)बाट कुनै समस्या आउन दिदैनौ। यसका लागि हामीले बेला बेलामा यहाँका उद्योग व्यवस्थापन टिमसंग बसेर उनीहरुका समस्या सुन्ने र समाधान खोज्ने गरेका छौं। 

    रामग्राम भित्र पनि निम्न बर्गका नागरिकहरुको बसोबास रहेको छ? उनीहरु लामो समय देखि खरको छानोमा दिन रात गुजार्नु परेको छ, उनीहरुका लागि के कस्ता कार्यक्रम ल्याउनु भएको छ? 
    हो, यस नगरमा पनि गरिव तथा विपन्न परिवारको बसोबास छ। हामीले त्यस्ता नागरिकहरुका लागि हामी आवासको व्यवस्था गर्ने तयारीमा जुटेका छौं। कतिपयलाई व्यवस्थापन पनि गरिदिएका छौं। हाम्रो नगरमा अति विपन्न परिवार कति छन् भन्ने बिषयमा हामीले तथ्याङक सङकलन गरिरहेका छौं। हामीकहाँ आएको तथ्याङक अनुसार हामीले बिपन्न परिवारका लागि खरको छानोबाट टिनको छानोमा सार्ने काम भईरहेको छ। 

    कोभिड १९ ले कत्तिको समस्या पा¥यो यो नगरलाई ? 
    बिश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण यस नगरलाई पनि निकै प्रभावित ग¥यो। कोभिड १९ कै कारण केहि व्यक्तिले ज्यान गुमाउनु प¥यो भने थुप्रै यसबाट प्रभावित हुन पुग्नुभयो। अर्को तर्फ बिकास निर्माणले गती लिईरहेका बेला देखिएको कोभिड १९ ले बिकास निर्माणका कामलाई पनि निकै प्रभावित ग¥यो। अघिल्लो बर्ष नै सकिने थुप्रै आयोजनालाई हामीले यो बर्ष सार्नु पर्ने भयो। अर्कोतर्फ अन्य कार्यक्रमका लागि छुट्टाईएको बजेट कोभिडमा खर्च गर्नु पर्ने अबस्था आयो। यसले गर्दा हाम्रो बिकास निर्माणलाई प्रभाव पा¥यो। 

    रामग्राम नगरपालिका भित्रै भगवान गौतमबुद्धको अस्तु रहेका रामग्राम क्षेत्र रहेको छ। रामग्रामको बिकासले अहिले सम्म गती लिन सकेको छ्रैन, किन होला?
    यो नगरको गौरवको रुपमा रहेको रामग्रामको बिकास सोचे अनुरुप हुन सकेको छैन। यो सत्य हो। यसको बिकास नहुनुमा थुप्रै कारणहर छन्। हाम्रो नगरमा रहेपनि रामग्रामको गुरुयोजना निर्माण गर्ने, बिकास निर्माणका काम गर्ने र रामग्रामलाई कस्तो बनाउने भन्ने बिषय लुम्बिनी बिकास कोषमा निहित रहेको छ। लुम्बिनी बिकास कोषले आबश्यक बजेट तथा रामग्रामको बिकासका बिशेष ध्यान दिन नसक्दा प्राचिन सम्पदा ओझेलमा पर्न पुगेको हो। तथापी अहिले भने लुम्बिनी बिकास कोषले पनि रामग्रामको बिकासका लागि गुरुयोजना निर्माण गरेका छ। बिकासले बिस्तारै गती लिन थालेको छ। नगरपालिकाले पनि लगानी गरिरहेको छ। त्यस क्षेत्रमा आउने अतिथी तथा पर्यटकका लागि अतिथी गृहको निर्माण गरिरहेका छौ। अन्य काम पनि अगाडि बढाएका छौं। रामग्रामको बिकासका लागि हामीले सम्बन्धीत निकायलाई झकझकाउछौं। 

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij