images

आइतवार, बैशाख २३ गते २०८१

अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु

अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु

images
images
images
मंगलवार, फाल्गुण २३ २०७९
मंगलवार, फाल्गुण २३ २०७९
  • अर्घाखाँची प्रिमियर लिग सदरमुकाम सन्धिखर्कमा सुरु

    अर्घाखाँची, २३ फागुन ।
    चौथो अर्घाखाँची प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता आजबाट अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा सुरु भएको छ । अर्घाखाँची क्रिकेट संघको आयोजनामा सन्धिखर्क टुडिखेलमा सुरु भएको प्रतियोगिताको जिल्ला समन्वय समितिका अध्यक्ष जीवनारायण कोइराला र सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

    images
    images
    images

    प्रतियोगिताको पहिलो दिन आज एक खेल भएको छ । रोयल खाचिकोट र इलाभेन ब्रदर्श डिभर्नाको बीचमा भएको पहिलो खेलमा रोयल खाचिकोटले इलाभेन ब्रदर्श डिभर्नालाइ १६ रनले पराजित गरेको छ । खेलको म्यान अफ दी म्याच खाचिकोटका केशव गैरे बन्न सफल भए । उनले ३ विकेट लिएका थिए ।

    स्थानीय खेलाडीहरूको प्रोत्साहनसहित दक्ष खेलाडीहरु उत्पादनको लागि आयोजना गरिएको प्रतियोगितामा चार टीम सहभागी छन् । प्रतियोगितामा प्रथम हुनेले नगद रु. एक लाख प्राप्त गर्ने संघका जिल्ला अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिए । 

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij