२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्न निर्देशन

मंगलवार , फाल्गुण २३, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २३ फागुन ।

    कांग्रेससहित ९ दलीय गठबन्धनले राष्ट्रपति निर्वाचनका मतदातालाई बुधबार बिहानसम्म काठमाडौं आइपुग्ने निर्देशन दिएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्य मतदाता रहनेछन् । उनीहरु बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुग्न र सम्बन्धित दलमा सम्पर्क गर्न निर्देशन दिएको हो ।

    मंगलबार बसेको गठबन्धनको कार्यदलको बैठकले मतदातालाई बुधबार बिहान ११ बजेभित्र काठमाडौं आइपुगेर सम्बन्धित दलको सम्पर्क पुग्न निर्देशन दिएको हो । 

    गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी, जसपा, लोसपा, जनतम, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी आवद्ध छन् । 

    उक्त दलले राष्ट्रपति निर्वाचनका लागि गठन गरेको कार्यदलको मंगलबारको बैठकले उक्त निर्देशन दिएका कार्यदलका संयोजक तथा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए ।