२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

रापप्रा केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दै

बुधवार , फाल्गुण २४, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २४ फागुन । 
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रिय कार्यसम्पादन समितिको बैठक बस्दैछ । राष्ट्रपति निर्वाचनका बारेमा कसलाई मत दिने भन्नेलगायतका विषयमा निर्णय गर्नका लागि बैठक बोलाईको हो । बैठक केन्द्रिय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।

    ‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठकमा समसमायिक राजनीतिक विषयमा पनि छलफल भएर निष्कर्षमा पुग्नेछ ।

    पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ । 

    आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निक्र्यौल गर्नेछ ।