२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

युएई र पपुवा न्युगिनीसँग खेल्ने नेपाली क्रिकेट टोलीको घोषणा

बुधवार , फाल्गुण २४, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २४ फागुन ।
    नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजका लागि  १४ सदस्यीय क्रिकेट टोली घोषणा गरेको छ ।
    बिहीबारदेखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप जोरालाई वैकल्पिक खेलाडीको सूचिमा राखेको क्यानले युएईसँगको अन्तिम खेल गुमाएका कुशल भुर्तेल टोलीलाई भने टीममा फर्काएको छ । तर, अन्य खेलाडी कुनै परिवर्तन गरेको छैन ।

    नेपालले बिहीबार टियु मैदानमा पपुवा न्युगिनीसँग खेल्दैछ  । मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

    नेपाली टोली 

    रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, कुशल मल्ल, सन्दीप लामिछाने, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।