२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

महिलालाई शिक्षा र आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्छ : कमल थापा

बुधवार , फाल्गुण २४, २०७९

  • 1.5K
    Shares
  • 1.5K
    Shares
  • काठमाडौं, २४ फागुन । 
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले महिला सशक्तिकरणका लागि राप्रपा नेपाल प्रतिबद्ध रहेको बताएका छन् । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन नेपालले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नारीहरुको क्षमता विकास गर्न शिक्षा र आर्थिक आत्मनिर्भरताको लागि राज्यले ठोस कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै नारी दिवसका दिन मात्र महिलाको हकहित सम्बन्धि कुरा गर्दैमा उपलब्धी नहुने बताए ।

    राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरुको प्रतिनिधीत्व सुनिश्चित गरेकोले त्यसलाई समुचित रुपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबैपक्ष जिम्मेवार हुनुपर्ने थापाले बताए । 

    पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधीत्व गराउन आफूहरु गम्भिर रहेको बताउँदै अध्यक्ष थापाले अग्रपंक्तिका महिलालाई प्रशिक्षित गरेर नेतृत्व तहमा पुर्याउन राप्रपा नेपाल निरन्तर लागिरहेकोले वडा तहसम्म संगठन विस्तार गरी संगठन मजबुद पार्न राप्रमसं नेपालका पदाधिकारीहरुलाई निर्देशन दिएका थिए ।