
बुधवार , फाल्गुण २४, २०७९
काठमाडौं, २४ फागुन ।
नेपाल वायुसेवा निगमको जहाज उडाउने महिला चालक दलका सदस्यहरूप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बधाई ज्ञापन गरेका छन् ।
दुबईबाट उडान भरेर सफलतापूर्वक काठमाडौंमा अवतरण गराएकोमा पाइलट भावना पन्त नेतृत्वको टोलीलाई ओलीले बधाई दिएका हुन् ।
ओलीले ट्विट गर्दै लेखेका छन्, ‘अघि बढ्दैछन् नेपाली महिला ! आज अन्तर्राष्ट्रिय महिला दिवस पनि हो । यसै दिन नेपालको राष्ट्रिय ध्वजावाहक जहाजको सफलतापूर्वक अन्तर्राष्ट्रिय उडान भर्न सफल पाइलट भावना पन्त र को–पाइलट सिर्जना रावतलगायत उहाँहरूको टीमलाई हार्दिक बधाई !,’ उनले लेखेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij