२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

लायन्सद्वारा नेतृत्व विकास तालिम 

बुधवार , फाल्गुण २४, २०७९

  • 1.6K
    Shares
  • 1.6K
    Shares
  • बुटवल, २४ फागुन ।
    लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी ले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुधवार महिला नेतृत्व विकास प्रदान गरेको छ ।महिलाको क्षमता विकासका लागि यस्ता गोष्ठीहरु महत्वपूर्ण हुने कार्यक्रममा सहभागीले बताएका थिए । 

    कार्यक्रममा भीम अस्पताल भैरहवाकी मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताले  महिलाहरुको समान सहभागीताका लागि शिक्षा क्षेत्रमा जोड दिनुपर्ने बताइन् । ‘लैंगिक समानताका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचान विस्तार’ भन्ने नाराका साथ आयोजना गरिएको कार्यशालामा प्रशिक्षण दिदै डा. गुप्ताले महिलाहरुको कार्यस्थलदेखि लिएर अन्य स्थानमा समेत समान सहभागीतासहित सम्मानजनक उपस्थिति आवश्यकता रहेको बताएकी थिइन् । महिलाहरूको सामाजिक चेतना विकासमा जोड दिनुपर्ने भन्दै विभिन्न देशका अग्रज महिला नेतृत्वको बारेमा उनले जानकारी दिइन् । त्यसका लागि महिलाले महिलालाई नै सम्मान गर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिइन् ।  

    त्यस्तै विभिन्न विभुषणबाट विभुषित लायन्स पाष्ट डिष्ट्रिक गभर्नर शोभा जोशीले कार्यक्रममा बोल्दै महिलाहरु सधै चुलो चौकोमा मात्रै सीमित नभएर खुल्ला प्रतिष्पर्धामा उत्रिएर अधिकार स्थापनाको लागि एकजुट हुनुपर्ने बताइन् । 

    लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले महिलाहरुको मिडियासहित अन्य क्षेत्रमा सहभागीताका लागि विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल क्लबहरुले उत्प्रेरणा अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन् । 

    कार्यक्रममा शिक्षाविद् तथा समाजसेवी मीना पन्थी, शिक्षाप्रेमी कमला शर्मा, नेपाल लाईफको हेड एजेन्सी म्यानेजर कमला जोशी लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।

    सिनियर एडभाईजर राधिका भुषालको अध्यक्षता तथा रिजन चेयरपर्सन जमुना पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष खेम बहादुर हमालको संयोजकत्वमा भएको हो ।

    डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, फष्ट भिडिजी अर्जुनमान सैजु, सेकेण्ड भिडिजी पुरुषोत्तम प्रधानाङ्ग, पूर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ, पूर्व गभर्नर अरुण प्रताप राणा,  डिष्ट्रिक सचिव सन्दिप कसौधन, कोषाध्यक्ष विनोद खरेल लगायतले आ–आफ्ना भनाइ राखेका थिए ।