२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

मतदान पछि ओलीले भने, ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौ'

बिहिवार , फाल्गुण २५, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २५ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् ।

    अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् ।

    ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने ।

    राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानशिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन।