२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

बाल क्लबका कारण रोकियो बालविवाह

बिहिवार , फाल्गुण २५, २०७९

  • 2.6K
    Shares
  • 2.6K
    Shares
  • खोटाङ । खोटाङमा प्रहरीले बालविवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी १७ वर्षीय किशोरी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २२ वर्षीय युवाबीच हुन लागेको विवाह रोकिएको हो ।

    स्थानीय बाल क्लबले किशोरीको उमेर २० वर्ष नपुग्दै विवाह हुन लागेको जानकारी नगरपालिकालाई गराएपछि नगरपालिका र प्रहरीको समन्वयमा विवाह रोकिएको हो । 

    अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा मंगलबार १७ वर्षकी किशोरी र २२ वर्षका युवाबीचमा विवाहको तयारी भएको थियो ।

    बालविवाह गर्न लागेको खबर आएपछि प्रहरीचौकी तालखर्कका प्रहरी पुगेर सम्झाई बुझाई गरेपछि विवाह रोकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मञ्जिल मुकारुङले बताए ।