२०८२, भाद्र १७ गते

Sep 02 2025 | २०८२, भाद्र १७ गते

३५ औं वार्षिकोत्सवको अवसरमा राममणिमा विभिन्न प्रतियोगिता

बिहिवार , फाल्गुण २५, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • तिलोत्तमा, २५ फागुन ।
    रूपन्देहीको तिलोत्तमा नगरपालिका मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसको ३५ औं वार्षिकोत्सवका अवसरमा विविध खेलकुद तथा अतिरिक्त क्रियाकलाप सञ्चालन भएका छन् । 

    पछिल्लोपटक समापन भएका खेलकुदमध्ये छात्रतर्फको भलिबलमा बी.बी.एस. पहिलो वर्षका थमन सिँजालीको समूह पहिलो भएको छ भने कक्षा ११ व्यवस्थापन समूह दोस्रो भएको छ । 

    त्यस्तै छात्रातर्फको भलिबलमा बी.एड. पहिलो वर्षका हिरा अधिकारीको समूह पहिलो र बी.बी.एस. पहिलो वर्षका रोशनी मगरको समूह दोस्रो भएको अतिरिक्त क्रियाकलाप संयोजक जीवनकुमार पौडेलले जानकारी दिए ।  

    क्याम्पसले सञ्चालन गरेको हाजिरीजवाफ प्रतियोगितामा बी.एड. तेस्रो वर्षको समूह पहिलो, एम.बी.एस. तेस्रो सेमेष्टर समूह दोस्रो र बी.बी.एस. तेस्रो वर्षको समूह तेस्रा भएका थिए । त्यसै गरी डोरी तान्ने, घैंटो फोर्ने, कुर्ची दौड लगायतका प्रतियोगिता पनि सम्पन्न भएको क्याम्पसले जनाएको छ ।