
शुक्रवार , पौष १७, २०७७
भैरहवा, १७ पुस ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले यस क्षेत्रका सामुदायिक विद्यालयका ५० जना गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । नेपालमा लायन्स स्थापनाको ५० वर्षको अवसर पारेर १२ वटा सामुदायिक विद्यालयका ५० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको क्लबका सह–कोषाध्यक्ष प्रमोद रिजालले बताए । कार्यक्रममा प्रतिविद्यार्थी रु. २ हजार ५ सय प्रदान गरिएको रिजालले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा कोभिड–१९ महामारीमा योगदान पु¥याएको भन्दै जेसीआई सिद्धार्थ नेपाल, वर्ष २०२० का अध्यक्ष मंगल भण्डारी र भीम अस्पताल भैरहवाका कोभिड फोकलपर्सन डा. आरिफ हुसेनलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु, नेपालका डिष्ट्रिक गर्भनर शम्भु नकर्मी, पाष्ट डिष्टिक गर्भनर महेन्द्र नारायण श्रेष्ठ, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु, नेपाल एरिया–४ का हेड इभालुयसन टिम विनोद खरेल, नेपाल क्यान्सर सपोर्ट ग्रुपका केन्द्रीय उपाध्यक्ष दिलिप भट्टराई लगायतले बोल्दै लायन्स क्लबले शिक्षा र स्वास्थ्यलाई जोड दिदै आएको बताए ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष राजेन्द्र थापाको अध्यक्षता, कार्यक्रम संयोजक तथा क्लबका प्रथम उपाध्यक्ष महेश नेपालको स्वागत, क्लब मार्केटिङ चेयरपर्सन सुष्मा क्षेत्रीको ध्वजा अभिवादन तथा सचिव विपिन साहको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
नेपालमा सन् १९७१ मा पूर्व प्रधानमन्त्री स्व. मात्रिका प्रसाद कोइरालाको अध्यक्षतामा लायन्स क्लब अफ विराटनगरको स्थापना गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij