२०८२, भाद्र ४ गते

Aug 20 2025 | २०८२, भाद्र ४ गते

साढे २ किलो चरेससहित रुपन्देहीबाट एकजना पक्राउ

शुक्रवार , फाल्गुण २६, २०७९

  • 2.3K
    Shares
  • 2.3K
    Shares
  • रुपन्देही, २६ फागुन ।
    साढे दुई किलो चरेससहित प्रहरीले भैरहवाबाट एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहिया बसपार्कबाट उनलाई पक्राउ गरिएको हो ।

    बेलहिया बसपार्कबाट सुनौलीतर्फ जाँदै गरेकी बाग्लुङको निसिखोला गाउँपालिका वडा नम्बर ६ बस्ने ३६ वर्षीया लालसरा घर्तीलाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले बताए ।

    शंकास्पद रूपमा हिँडिरहेकी घर्तीलाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले रोकी सोधपुछ र चेक गर्दा उनको साथबाट साढे २ किलो चरेस बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकी घर्तीमाथि अनुसन्धान सुरु गरेको जनाएको छ।