२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

पुरुष उपराष्ट्रपतिको उम्मेदवार बन्न खोजेको भन्दै एमालेले जनायो आपत्ति

शनिवार , फाल्गुण २७, २०७९

  • 1.8K
    Shares
  • 1.8K
    Shares
  • काठमाडौं, २७ फागुन ।
    नेकपा एमालेले संविधानको मर्मविपरीत कतिपय दलले पुरुषलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने प्रयास गरिरहेको भन्दै आपत्ति जनाएको छ ।
    एक विज्ञप्ति जारी गर्दै एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धनमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुन सक्ने जस्ता व्याख्या गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    त्यसखालको व्याख्या संविधानको मर्मविपरित हुने एमालेको ठहर छ । यसका साथै एमालेले बैठकमा राष्ट्रपति निर्वाचनको परिणामका विषयमा पनि छलफल गरेको छ । त्यस्तै एमालेले अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
    च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बसेको एमाले सचिवालय बैठकले शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।