२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

एमालेबाट उपराष्ट्रपतिमा अष्टलक्ष्मीले गरिन् उम्मेदवारी दर्ता

शनिवार , फाल्गुण २७, २०७९

  • 1.9K
    Shares
  • 1.9K
    Shares
  • काठमाडौं, २७ फागुन ।
    नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शक्य उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गर्न बानेश्वर पुगेकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसहित नेतृ शाक्य उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय बानेश्वर पुगेकी हुन् ।

    उम्मेदवारी दर्ता गर्न अध्यक्ष ओलीसहित उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव गोकर्ण विष्ट लगायत पनि बानेश्वर पुगेका छन् । एमाले सचिवालय बैठकले शनिबार शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

    एमालेले शाक्यलाई नै उपराष्ट्रपतिको उम्मेदवार बनाएको यो दोस्रोपटक हो । यसअघि २०६५ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा पनि उनलाई उम्मेदवार बनाएको थियो ।