२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘मानवलाई पुर्वीय दर्शन उपयोगी’

शनिवार , पौष १८, २०७७

बुटवल, १८ पुस ।
पूर्वीय दर्शन मानव जीवनलाई उपयोगी र सिद्ध साबित भएको नयाँगाउँस्थित मुक्तिनाथ धामका पिठाधिस १००८ लोकानन्द स्वामीले दावी गरेका छन । विधिविधानबाट मानव जिउने कला सिकाउने काम पूर्वीय दर्शन गर्ने उनको भनाइ छ । 

रोटरी क्लब अफ रुपन्देही तिलोत्तमाको ४ सय ५७ औ नियमित बैठक तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले प्रकृति र संस्कृतिलाई अप्नाउदा जीवनमा फाइदा मिल्ने समेत बताए । आहार, बिहार, निद्रा र मैथुनलाई नियन्त्रण गरेमा जीवन मंगलमय हुने

उनको दावी छ । समाज रुपान्तरणमा सामाजिक संघ–संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बताए । 
शुभ कामलाई आज र नराम्रो तथा अशुभ कामलाई भोलिलाई थाति राख्नुपर्ने उनको सुझाव छ । ‘भोलिसम्म विचार सकारात्मक हुनसक्छ, ’उनले भने ।

क्लबका अध्यक्ष गोपाल ज्ञवालीले शिक्षा र स्वस्थ क्षेत्रमा सरकारको सबैभन्दा बढी लगानी गर्नुपर्ने र साथमा ब्यवस्थापन अनुगमन हुनुपर्ने बताए।  

कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा, पूर्वअध्यक्ष बालकृष्ण अर्याल, नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, सम्मानित सदस्य भुवनसिंह विश्वकर्मा, सचिव दिपक भट्टराई, कोषाध्यक्ष निरज श्रेष्ठ, रोट्रयाक्ट क्लब अफ रुपन्देही देवदहका निवर्तमान अध्यक्ष दिपेश अर्यालले क्लबबाट समाजका हरेक क्षेत्रमा कामहरु गर्दै आएको बताए । 

यसैबीच क्लबको वर्ष २०२०÷२०२१ का अध्यक्ष विष्णु प्रसाद चापागाईं, उपाध्यक्ष निरज श्रेष्ठ, उपाध्यक्ष दिपक भट्टराई, सह–सचिव अर्जुन आचार्य, सदस्यहरु भगवती पाण्डे, केशव कुंवरलाई स्वामीबाट सम्मान गरिएको थियो ।