शनिवार , फाल्गुण २७, २०७९
भैरहवा, २७ फागुन ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर २ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मिसन ग्रासरुट अभियान सुरु भएको छ । लुसनपा–२ मा शनिबारदेखि दुईमहिने अभियानको औपचारिक शुभारम्भ गरिएको हो ।
कार्यक्रममा बोल्ने एमाले नेताहरुले लुम्बिनी क्षेत्रमा विकास र समृद्धिका लागि एमालेकै नेतृत्व आवश्यक रहेकोमा जोड दिए । उनीहरुले एमाले नेतृत्वको सरकारले राम्रो काम गरेकै कारण जनताको रोजाइमा एमाले परेको दावी गरे ।
एमाले रुपन्देही जिल्ला कमिटी सदस्य एवं मिसन ग्रासरुट अभियान लुसनपा–२ का संयोजक सन्दिप गुप्ताको अध्यक्ष, एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य महेन्द्र गिरीको प्रमुख आतिथ्यता, नेता हरि बहादुर यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा एमाले रुपन्देही जिल्ला सदस्य रुदल यादव, समाजसेवी बाल गोविन्द यादव लगायतले बोलेका थिए । कार्यक्रममा जेष्ठ नागरिक तथा समाजसेवीहरुलाई सम्मान समेत गरिएको एमाले रुपन्देही जिल्ला सदस्य सन्दिप गुप्ताले बताए ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij