२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

उपराष्ट्रपतिमा जसपाबाट दुई उम्मेदवार

शनिवार , फाल्गुण २७, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २७ फागुन ।
    जनता समाजवादी पार्टी, नेपाल (जसपा) बाट दुई जनाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको संसदीय दलका नेता रामसहाय प्रसाद यादव र प्रमिला यादवले उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएका हुन् ।

    उनीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा पुगेर निर्वाचन अधिकृतको कार्यालयमा उपराष्ट्रपतिको मनोनयन दर्ता गराएका छन् । नेता रामसहायको प्रस्तावकमा अशोक कुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी तथा समर्थकमा रेखा यादव,अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा भानुभक्त जोशी रहेका छन् ।

    त्यसै गरी, जसपाकै प्रमिला यादवको प्रस्तावकमा मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, रन्जु झा, राजकिशोर यादव रहेका छन् भने समर्थकमा  अनिता देवकोटा, सीता गुरुङ, विरेन्द्र महतो, मनिस सुमन, सुशीला श्रेष्ठ रहेका छन् ।

    २८ गते उजुरीउपर जाँचबुझ गरि निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । सोही दिन उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यसूची छ । २८ गते नै उम्मेदवारले नाम फिर्ता लिने र सोही दिन अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको कार्यतालिकामा उल्लेख छ । चैत ३ गते मतदान हुनेछ ।