२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खेलाडी र प्रशिक्षकलाई नगदसहित सम्मान

शनिवार , पौष १८, २०७७

बुटवल, १८ पुस । 
काठमाण्डौमा सम्पन्न छैटौ नेपाल जुनियर खुल्ला टेनिस प्रतियोगिता २०२० मा पदक विजेता रुपन्देहीका ३ जना खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिएको छ । शनिबार एक समारोहकाबीच रुपन्देही जिल्ला टेबल टेनिस संघका अध्यक्ष संजयप्रकाश श्रेष्ठले व्यक्तिगत रुपमा खेलाडी र प्रशिक्षकलाई जनही नगद ५ हजार रुपैयाँसहित सम्मान गरेका हुन । 

खेलमा जित हासिल गरेका खेलाडीहरुको प्रोत्साहनका लागि नगदसहित सम्मान गरिएको अध्यक्ष श्रेष्ठले बताए । काठमाडौ सातदोबाटोस्थित लनटेनिस कोर्टमा पुस १२ गतेदेखि ४ दिनसम्म संचालन भएको प्रतियोगितामा रुपन्देहीका १० वर्ष उमेर समुहमा वृजेश अर्यालले स्वर्ण पदक, आठ वर्षमुनीमा निश्चल ज्ञवाली र ९ वर्षमुनीमा संघर्ष फौदारले कास्य पदक जितेका थिए । 

प्रशिक्षक विकास खड्काले सम्मानबाट निक्कै हौसला बढेको भन्दै रुपन्देही जिल्लाका खेलाडीहरु भविष्य उज्वल रहेको बताए । प्रतियोगिता ८ देखि १४ उमेर समुहमा गरी ७ ईभेन्टमा खेल खेलाइएको थियो । खेलमा काठमाण्डौ, पोखरा र रुपन्देहीका एक सय खेलाडीहरु सहभागि भएका थिए । लनटेनिस खेलमा उमेर समुहका खेलाडी उत्पादनमा आफुहरु लागेको क्लबका सचिव गोपाल ज्ञवालीले बताए । केन्द्रको समन्वयमा तालिम तथा प्रतियोगिताहरु गर्दै आएको उनले बताए ।