२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम रहने आयोगको निर्णय

आइतवार , फाल्गुण २८, २०७९

  • 2.5K
    Shares
  • 2.5K
    Shares
  • काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवको उम्मेदवारी कायम रहने निर्णय गरेको छ ।

    राष्ट्रपतिमा पुरुष रामचन्द्र पौडेल निर्वाचित भएकाले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न कानुन बाधक रहेको जिकीर गर्दै नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले दाबी विरोध गरेका थिए । तर, रामसहाय यादवको उम्मेदवारी खारेज गर्नुनपर्ने आयोगले निर्णय गरेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए ।

    संविधानअनुसार फरक लिंग वा समुदायको हुने व्यवस्था गरेकाले उपराष्ट्रपतिमा फरक समुदायका उम्मेदवार यादवको उम्मेदवारी खारेज गर्नुनगर्ने आयोगले निष्कर्ष निकालेको उनले बताए ।