२०८२, श्रावण ३० गते

Aug 15 2025 | २०८२, श्रावण ३० गते

उपराष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीसँग जसपाको आग्रह

सोमवार , फाल्गुण २९, २०७९

  • 2.0K
    Shares
  • 2.0K
    Shares
  • काठमाडौं, २९ फागुन । जनता समाजवादीका नेताहरुले उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका जसपा संसदीय दलका नेता रामसहाय यादवलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन् । 

    आगामी ३ चैतमा उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ ।  प्रधानमन्त्री प्रचण्डलाई सोमबार भेटेर उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्न आग्रह गरेको जसपा नेता प्रदीप यादवले जानकारी दिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले संघीयता र गणतन्त्रको रक्षा निमित्त आफु र आफ्नो दलले यादवलाई सहयोग गर्ने बताएका उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले  यादवलाई विजयी गराउने प्रतिबद्धता पनि जनाए ।